२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

‘सरकारले जनआकांक्षाअनुरुप काम गर्छ’

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन १२ गते २१:५६
‘सरकारले जनआकांक्षाअनुरुप काम गर्छ’

रौतहट : नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले वर्तमान सरकार अर्थतन्त्र मजबुद तथा जनआकांक्षा अनुरुप कार्य गर्नको लागि बनेको बताएका छन् । रौतहट दृष्टि साप्ताहिकको १७ औँ वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै गुप्ताले उक्त कुरा बताएका हुन् । 

देशको स्थिति खराब हुँदै गएकोले देशका अर्थतन्त्र बलियो बनाउन, विचाराधिनमा रहेको कानून निर्माण गर्न नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको उद्देश्य रहेको सदस्य गुप्ताले बताए ।

प्रधानमन्त्री ओली बनेको दिननै शेयर बजार उच्चमा पुगेकोले जनतामा उत्साह फैलिएको बताउँदै उनले जनताको विकास, सुशासन, शान्ति अमनचयनका लागि वर्तमान सरकारको आवश्यकता रहेको बताए । 

देशको अर्थतन्त्र बलियो नभए पत्रकारिता क्षेत्र पनि नफस्टाउने उनले बताउँदै ब्यापार धराशायी अवस्थामा रहेको उनले बताए । 

रौतहटका पत्रकारहरु एकजुट भए मात्र पत्रकारिता क्षेत्रको अवस्थामा सुधार हुने उनले बताउँदै पत्रकारमाथि विभिन्न समयमा लाग्ने आरोप प्रत्यारोपको निराकरण हुने बताए । पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्र सेवाको भावनाले अगाडि बढ्ने क्षेत्र रहेको उनको भनाइ छ । 

वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रले फेसबुकबाट गरिने पत्रकारिताले पत्रकारको स्तर घटाएको बताए । बाज्जिका भाषाका लागि अहम् भूमिका निर्वाह गर्दै आएका पत्रकार तथा लेखक संजय साहले रौतहट दृष्टि साप्ताहिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्रकारिता क्षेत्रमा देखिएको विकृति विसंगतिलाई हामीले नै हटाउने प्रयास गर्नुपर्ने धारणा राखे । 

रेड टेलिभिजनका सञ्चालक तथा अध्यक्ष जयप्रकाश यादवले पत्रकारमाथि भेदभाव भइ रहेको बताए । स्थानीय तहले पत्रकारिता क्षेत्रलाई बदनाम गराउन लागि रहेकोले सबै पत्रकार साथी सजग र सचेत हुन उनले आग्रह गरे । रौतहट दृष्टि साप्ताहिक पत्रिकाले असल पत्रकारिता धर्म निर्वाह गरिने व्यक्तिलाई सम्मान गरेकोले उनले पत्रिका परिवारलाई धन्यवाद दिएका थिए । 

रौतहट दृष्टि साप्ताहिकका प्रधान सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष आर्दश उपाध्याय, दिव्य जागरणका प्रकाशक सम्पादक राम एकवाल साह लगायतका वक्ताहरुले पत्रिकाको प्रगतिको कामना गरेका थिए । वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रलाई रौतहट दृष्टि साप्ताहिकले नगद २५ हजार रुपैयाँ र प्रशंसा पत्र पत्रकार एवम् लेखक संजय साहलाई नगर २५ हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन दिनेश यादवले गरेका थिए भन्ने कार्यक्रममा रौतहटका अधिकांस पत्रकारहरुको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise