२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सचिव तथा काेषाध्यक्ष नेतृत्वको टिम विजयी

shivam cement
२०८२ पुष ३ गते ११:४३
Shares
सचिव तथा काेषाध्यक्ष नेतृत्वको टिम विजयी

काठमाडौं : अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयाेजित मैत्रीपूर्ण फुटसल खेलकाे पुरुषतर्फकाे उपाधि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर नेतृत्वको टिमले जितेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा साेमबार दिउँसो कपनस्थित युरो फुटसलमा प्रतियोगिता भएको थियो । प्रतियाेगिताकाे महिलातर्फकाे उपाधि संघकी काेषाध्यक्ष धनु सिँजाली नेतृत्वको टिमले जितेको छ ।

प्रवासीहरूको योगदानको सम्मान र तिनीहरूको अधिकारको सम्मान, श्रम समूहनका चक्रमा सुशासनः सुरक्षित घटना, सीपयुक्त भन्ने नारामा यस वर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै छ । मित्रता फुटसल म्याच २०२५ नाम दिइएकाे म्याचमा सरकारी र गैरसरकारी गरी ४ टिम सहभागी रहेको कार्यक्रम संयाेजक संघकी काेषाध्यक्ष धनमाया सिँजालीले जानकारी दिइन् । मन्त्रालयका सचिव डा. पुष्कर कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

फुटसल प्रतियोगितामा श्रम मन्त्रालयका कर्मचारीहरू र वैदेशिक राेजगार व्यवसायीहरूकाे उपस्थिति रहेको कार्यक्रम संयाेजक सिँजालीले जानकारी दिइन् ।  

सम्बन्धित खबर