
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कट अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।
१३औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।