२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जगरनाथपुरमा रनिङ शिल्ड प्रतियोगिता सुरु

shivam cement
लालबाबु बानिया
२०८२ पुष ४ गते २०:५८
Shares
जगरनाथपुरमा रनिङ शिल्ड प्रतियोगिता सुरु

पर्सा : पर्साको जगरनाथपुर गाउँपालिकामा चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिका–५ स्थित मसिहानको चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पानसमा बत्ती बालेर गरेका हुन् ।

उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने जानकारी दिँदै चिसो मौसमका बाबजुद विद्यार्थीहरूको उत्साहजनक सहभागिताप्रति प्रशंसा गरे । उनले शैक्षिक विकाससँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै खेलकुदले शरीर स्वस्थ राख्नुका साथै अनुशासन र फुर्तिलोपन विकास गर्ने बताए । विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धामा सहभागी हुन उनले आग्रह गरे ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभरिका १६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा दौड, हाई जम्प, लङ जम्पलगायत विभिन्न खेल समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए ।

वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेम थापा, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, लेखापाल सन्देश कुशवाहा, विभिन्न वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, इन्जिनियर सादाम हुसेन, पालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, स्थानीयबासी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा आधारभूत तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले आ–आफ्ना विद्यालयका ब्यानरसहित मार्चपास गरेका थिए भने छात्राहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

आयोजकका अनुसार पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खबर