२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

उषा भण्डारी- तनहुँबाट विश्व कोर्टम्मको यात्रा

shivam cement
२०८२ पुष ५ गते ०६:३५
Shares
उषा भण्डारी- तनहुँबाट विश्व कोर्टम्मको यात्रा

काठमाडौं : तनहुँ जिल्लामा जन्मिएकी उषा भण्डारी आज नेपाली महिला भलिबलको उज्यालो तारका रूपमा परिचित छिन् । सानो गाउँको मैदानदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय कोर्टसम्म पुग्ने उनको यात्रा संघर्ष र दृढताको मिसाल हो ।

उषालाई उनका बुबा गजेन्द्र भण्डारीले खेलप्रतिको उनको प्रतिभा देखेर भलिबलतर्फ उन्मुख गराए । बुबा आफैं स्थानीय भलिबल खेलाडी पनि थिए । २०१४ मा नेपाल–श्रीलंका अन्तर्राष्ट्रिय खेल हेरेपछि छोरीलाई भलिबलमा ल्याउन उनी प्रेरित भए । यस निर्णयले उषाको जीवनको दिशा नै बदलिदियो ।

उषाले १२ वर्षको उमेरमा नेपाल पुलिस क्लबबाट एनभिए कपमा डेब्यु गरिन् । त्यसपछि छोटो समयमा नै उनको नाम राष्ट्रिय टोलीमा समावेश भयो । १४ वर्षको उमेरमा उनले राष्ट्रिय टोलीमा छनोट पाइन् र २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट खेल्दै रजतपदक जितिन् । यो उपलब्धिले उनी नेपाली महिला भलिबलको पहिलो पुस्ताका चम्किला खेलाडीमध्ये एकका रूपमा स्थापित भएकी छन् ।

व्यावसायिक करियरमा पनि उषाले ठुलो छाप छोडेकी छन् । २०२२ मा माल्दिभ्स भलिबल एसोसिएसन कपमा धिवेही सिफाइन्स क्लबबाट खेल्दै उनले आफ्नो क्षमता प्रदर्शन गरिन् । यसअघि पनि फाल्कन क्लब र माल्दिभ्स नेसनल डिफेन्स फोर्सजस्ता क्लबबाट उनले अन्तर्राष्ट्रिय अनुभव सँगालेकी छन् ।

ओपन स्पाइकरको भूमिकामा उनले कोर्टमा आफ्नो प्रभाव छोड्ने मात्र होइन, टोलीको जितमा निर्णायक भूमिका खेल्ने क्षमता राख्छिन् । उनले एनभिए नेसनल च्याम्पियनसिपमा बेस्ट प्लेयरको उपाधि जितेकी छन् उनले सेन्ट्रल जोन च्याम्पियनसिपमा २०१९ र २०२१ मा सफलता प्राप्त गरिन् । उनले २०२३ मा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपुल्स च्वाइस अवार्ड पनि पाएकी छन् । छोटो समयमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नाम कमाएकी उषा नेपाली भलिबललाई विश्व मञ्चमा चिनाउने एक पात्र बनेकी छन् ।

ताजा खबर

सम्बन्धित खबर