२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बाँफिकोटमा रास्वपाको कार्यालय उद्घाटन

shivam cement
प्रचण्ड खत्री
२०८२ पुष ५ गते १६:४४
Shares
बाँफिकोटमा रास्वपाको कार्यालय उद्घाटन

रुकुम पश्चिम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँफिकोटको कार्यालय उद्घाटन गरिएको छ । बाँफिकोट–४ छिनखेतमा पार्टी कार्यालयको उद्घाटन गरिएको रास्वपा गाउँपालिकाका सभापति बालकृष्ण गौतमले जानकारी दिए । 

कार्यालय स्थापना भएसँगै पार्टीको सम्पूर्ण कार्यसम्पादन कार्यालयबाटै हुने गौतमले बताए । उनका अनुसार रास्वपाले रूकुम पश्चिमका स्थानीय तहहरूमा कार्यालय बिस्तार गरिरहेको छ । 

कार्यालय उद्घाटनको अवसरमा बोल्दै सभापति गौतमले आगामी निर्वाचनमा रास्वपा देशकै पहिलो पार्टी बन्ने जिकिर गरे । यतिबेला रूकुम पश्चिममा रास्वपा प्रवेशको लहर चलेको भन्दै निर्वाचन ढुक्कले जित्ने दाबी गरे ।  

पार्टी कार्यालय उद्घाटनको अवसरमा रूकुम पश्चिमका जिल्ला सभापति मानबहादुर शाही र रूकुम पूर्वका सभापति लखन सुनुवार लगायतका नेता–कार्यकर्ता सहभागी थिए ।

सम्बन्धित खबर