२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रुकुम पश्चिममा एकता सभाका लागि नेकपाको तयारी तीव्र

Nada
प्रचण्ड खत्री
२०८२ पुष ६ गते १८:४३
Shares
रुकुम पश्चिममा एकता सभाका लागि नेकपाको तयारी तीव्र

रुकुम पश्चिम : नेपाली कम्युनिष्ट पार्टीले रुकुम पश्चिममा पुस २६ गते जिल्ला एकता सभा आयोजना गर्ने भएको छ । पार्टीले यो कार्यक्रमका लागि तीव्र तयारी गरिरहेको छ भने हजारौं कार्यकर्ता सदरमुकाममा जम्मा गर्ने योजना बनाएको छ ।

ncell

पार्टीका जिल्ला नेता सचिन रोकाले जानकारी दिएअनुसार हाल जिल्लाका ६ वटै स्थानीय तहमा वडा तथा पालिका स्तरका बैठकहरू सम्पन्न भइसकेका छन् । यी बैठकहरूमा नयाँ ढंगबाट समिति गठन गरिएको छ । कर्णाली प्रदेशको वीरेन्द्रनगरमा भएको प्रदेश स्तरको एकता सभापछि जिल्ला तहमा सक्रियता बढाइएको हो ।

'वडा र पालिका बैठकहरूले पार्टीको एकतालाई मजबुत बनाएका छन् । अब जिल्ला एकता भेलाको तयारी अन्तिम चरणमा पुगेको छ,' रोकाले भने, 'हजारौं कार्यकर्ता उतारेर भव्य रूपमा एकता सभा सफल पार्नेछौं ।'

देशभर एकता सन्देश सभा सञ्चालन गरिरहेको पार्टीले रुकुम पश्चिममा पनि यसलाई निरन्तरता दिने तयारी गरेको छ । यो सभाले स्थानीय स्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर