२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रोमानिया र पोर्चुगल पठाउने बहानामा ठगी गर्ने दुई जना पक्राउ

shivam cement
२०८२ पुष ७ गते २१:१८
Shares
रोमानिया र पोर्चुगल पठाउने बहानामा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि रोमानिया र पोर्चुगल पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार रोमानिया पठाइदिने भन्दै २ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरीमा तनहुँको भिमाद नगरपालिका निवासी रोविन जिआर पक्राउ परेका छन् । यस्तै, पोर्चुगल पठाइदिने भन्दै ८ लाख ४० हजार रुपैयाँ लिएको आरोपमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका निवासी गीता माया मगरलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

प्रहरी उपरीक्षक आचार्यले पछिल्लो समय बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने र पछि सम्पर्कविहीन हुने घटनाहरू बढ्दै गएको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । 

सम्बन्धित खबर