२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उत्पादनमुखी कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री आचार्यको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन १३ गते १९:४३
उत्पादनमुखी कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री आचार्यको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  मन्त्रालयमा जाँदा दौरा सुरुवाल ढाकाटोपी नेपाली पोसाक अनिवार्य लगाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  

मुख्यमन्त्री बनेपछि बिना विभागिय मन्त्रीहरुलाई निर्देशन दिँदै मुख्मन्त्री आचार्यले प्रदेश राजधानी छोड्दा अनिवार्य मुख्यमन्त्रीसँग समन्वय गर्न निर्देशन दिएका एक मन्त्रीले मध्यान्हलाई जानकारी गराए ।

लुम्बिनी प्रदेशमा  मुख्यमन्त्री आचार्य सहित कांग्रेसका ४ र एमालेका ४ जनालाई मन्त्री बनाएपनि अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । कांग्रेस–एमालेबीच मन्त्रालय कसले कुन लिने भन्ने बारे निर्णय हुन नसक्दा अहिलेसम्म मन्त्रीहरु बिना विभागिय भएका हुन् ।  मन्त्री आचार्यले भौतिक प्रगतिको प्रतिशत मात्रै हिसाब गरेर नबस्न पनि मन्त्रीहरुलाई  निर्देशन दिएका छन् । 

मन्त्री, मुख्य मन्त्रीहरुलाई बधाइ दिन आउने आगन्तुकहरुलाई खादा, टीका, माला लिएर मन्त्रालयमा नआउन भन्दै मुख्यमन्त्री आचार्यले सूचना समेत जारी गरेका छन् । 

भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रित नहुन भन्दै कागजी प्रगतिभन्दा पनि जनताले स्पष्ट सरकार भएको महसुस हुने गरी काम गर्नु अहिलेको सरकारको आवश्यकता भएको  उनले बताए ।

आचार्यले भने,‘हामीले बुझ्नुपर्ने कुरा प्रतिशतको काममा अल्झिने होइन् । विभागिय जिम्मेवारी लिएपछि कर्मचारीहरुलाई पनि त्यतातिर पनि ध्यान दिने गरी काम गराउनुपर्छ ।’

आचार्यले  उत्पादनसँग जोडेर कार्यक्रमहरू सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक विज्ञहरूको व्यवस्थापन गर्न समेत उनले निर्देशन दिए । प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्य योजना सरकारको हुनुपर्ने भन्दै त्यसतर्फ नै केन्द्रित सरकार  रहनुपर्ने उनको भनाइ  थियो । 

स्थानीय उत्पादनहरूलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जीवनतर परिवर्तन गर्न सकिने गरी काम गर्न मुख्यमन्त्री आचार्यले मन्त्रीलाई आग्रह गरेका थिए । लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गरी योजना बनाउनुपर्ने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise