
सैनामैना : रुपन्देही नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं ५ को क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यका लागि नेता खिमलाल भट्टराईलाई एकल सिफारिस गरेको छ ।
आइतबार बसेको बैठकले भट्टराईको नाम मात्र प्रस्तावित भएको र सबै सदस्यले स्वीकृत गरेको सचिवालय सदस्य सन्दीप गुप्ताले जानकारी दिए । एमाले केन्द्रीय कमिटी सदस्य भूमिश्वर ढकालले पनि भट्टराईको एकल सिफारिसको पुष्टि गरेका छन् ।
पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्ष र पोलिटब्यूरो सदस्य भइसकेका भट्टराई यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । २०७९ को निर्वाचनमा यसै क्षेत्रमा बासुदेव घिमिरेले जितेका थिए ।