२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पर्सालाई कृषि हव बनाउने मन्त्री क्षेत्रीको प्रतिबद्धता

ADV
महमद सदाब
२०८१ साउन १४ गते २१:३८
पर्सालाई कृषि हव बनाउने मन्त्री क्षेत्रीको प्रतिबद्धता

वीरगञ्ज : मधेश प्रदेश सरकारका भूमि व्यवस्था तथा  कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पर्सालाई कृषि हव बनाउने प्रतिबद्धता जनाएका छन् । 

वीरगञ्ज महानगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले पर्सा जिल्लालाई कृषि हव बनाउने र डिप बोरिङको व्यवस्था गर्नेमा जोड दिए । 
उपप्रमुख इम्तियाज आलनले मन्त्री क्षेत्रलाई आफ्नो कार्यकक्षमा स्वागत  तथा  सम्मान गरेका थिए । 

यस्तै महानगरका विभिन्न वडाका वडा अध्यक्षहरुले टीका र खादा ओढाइ बधाइ तथा कार्यकालको शुभकामना दिएका थिए । 

वडामा रहेको कृषि र सिँचाइको  समस्याको बारेमा मन्त्री क्षेत्री समक्ष अवगत गराइएको थियो । 

यस्तै कृषकहरुलाई सिँचाइको लागि पानी र मलको समस्या बढी भएकाले तत्काल समस्या समाधानको लागि पहल गर्न मन्त्री समक्ष आग्रह गरिएको थियो । 

मधेश प्रदेशको एक मात्र महानगरपालिका रहेको वीरगञ्जलाई बजेट उपलब्ध गराइ सहयोग गर्न र सहकार्य गरी अघि बढ्न उपप्रमुख आलमले आग्रह गरेका थिए । 

महानगरमा देखिएको कृषि, सिँचाइ र सहकारीलाई समाधान गर्न पहल गरिएता पनि समाधान हुन नसकेको उपप्रमुख आलमले बताएका थिए । 

महानगरभित्रका समस्याहरु सुनेपछि मन्त्री क्षेत्रीले कृषि सम्बन्धी देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । सिँचाइ र कृषिको समस्या समाधान गर्न सचिव स्तरीय बैठक बोलाएर छिट्टै समाधान गर्ने वडा अध्यक्षहरुलाई मन्त्री क्षेत्रीले आश्वासन दिएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise