२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

महेशपुर भन्सार सडकको ५४ प्रतिशत भौतिक प्रगति

shivam cement
विनोद निगम
२०८२ पुष २४ गते १६:३०
Shares
महेशपुर भन्सार सडकको ५४ प्रतिशत भौतिक प्रगति

नवलपरासी : पश्चिम नवलपरासीको प्रमुख सीमा नाका महेशपुर भन्सार जोड्ने सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको स्तरोन्नतिपछि भन्सार क्षेत्रमा देखिँदै आएको धुलो, हिलो र सवारी जामको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

सडक निर्माणको ठेक्का एमएस पूजा–एमआर, एमके जेभी, बर्दघाट ४, नवलपरासीले लिएको हो । आयोजनाको सम्झौता २०८१ साल असोज ५ गते भएको र निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल चैत मसान्तसम्म निर्धारण गरिएको छ ।

२ करोड ३५ लाख ३९ हजार ७२७ रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त सडकमा हालसम्म ५४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । सडकमा बेस, सब–बेस, नाला निर्माणलगायतका प्रमुख संरचनागत काम सम्पन्न भइसकेका छन् ।

इन्जिनियर विकास सापकोटाका अनुसार मौसम अनुकूल रहँदा बाँकी कामलाई थप तीव्रता दिने बताए । निर्माण सम्पन्न भएपछि महेशपुर भन्सार नाका हुँदै आवतजावत गर्ने सवारी साधन, व्यापारी तथा सर्वसाधारणलाई सहजता मिल्ने छ ।

सम्बन्धित खबर