२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चेतन राईले ल्याए 'मेरो देश नेपाल'

shivam cement
२०८२ पुष २४ गते १७:४२
Shares
चेतन राईले ल्याए 'मेरो देश नेपाल'

काठमाडौं : विगत डेढ दशकदेखि नेपाली पप र आधुनिक गीतमा सक्रिय गायक तथा संगीतकार चेतन राईले नयाँ गीत 'मेरो देश नेपाल' सार्वजनिक गरेका छन् । काठमाडौंको पुतलीसडकस्थित ग्रिन फुडल्यान्ड रेस्टुरेन्टमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीत विशेषगरी देशप्रेमको भावनासँग जोडिएको छ । 

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वउपसचिव तथा भाषा आयोगकी सदस्य एवं साहित्यकार उषा हमाल उपस्थित थिइन् । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा सर्जक रमेश पाठक र राप्ती समाज काठमाडौंका अध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्य उपस्थित रहेका थिए ।

गीतको शब्द राजाराम पौडेलले लेखेका हुन्, जसमा नेपालको माटो, संस्कृति, भाषा र राष्ट्रिय एकता झल्किएको छ । सिर्जनात्मक दृष्टिकोणबाट गीतको सिनेमाटोग्राफी सविन तिमल्सिनाले गरेका छन् भने सम्पादन र रङ संयोजन राज धामीले गरेका छन् । चेतन राई स्वयंले गीतको निर्देशन गरेका छन् । एरेञ्ज साबिर कार्की र मिक्सिङ मास्टरिङ गोविन्द सोनीको रहेको छ ।

गीतको भिडियोमा चेतन राईसँगै प्रविण पुरी, सागर बेसल, अनिता पराजुली, समीक्षा पौडेल, रीता अछामी, सुमी लामा र बाल कलाकार चिरायु विक्रम राईको अभिनय देख्न सकिन्छ । लामो समय गीत संगीतमा लागेका चेतन राईले यसपटक नेपालको माया झल्काउने गीत सार्वजनिक गरेका हुन् ।

सम्बन्धित खबर