२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रविविरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

shivam cement
२०८२ माघ २ गते १२:५४
Shares
रविविरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको हो ।

शुक्रबार युवराज पौडेल (सफल), कानुनका विद्यार्थी आयुष बडाललगायतले महान्यायाधिवक्ताको निर्णय संविधान र कानुन विपरीत भएको दाबीसहित त्यसको बदरको माग गर्दै निवेदन पेस गरेका हुन् ।

गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएको थियो ।

सम्बन्धित खबर