
बझाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बझाङ जिल्लाबाट मीनबहादुर कुँवरलाई आधिकारिक उम्मेदवार बनाएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुँवरलाई बझाङ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएका हुन् । पार्टीको केन्द्रीय निर्णयअनुसार कुँवरलाई उम्मेदवार तोकिएको नेकपाले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते मनोनयन दर्ताको समय तोकिएको छ ।