२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

बैतडी बस दुर्घटना : कम्तीमा आठ जनाको मृत्यु, ४५ जना घाइते

shivam cement
ललित बोहरा
२०८२ माघ २२ गते २२:३९
Shares
बैतडी बस दुर्घटना : कम्तीमा आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।   

बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा बिहीबर बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला तथा बैतडीको पुर्चौडी–७ कि ४० वर्षीया पुष्पा अवस्थी रहेका छन् ।    

दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । घाइते हुनेमा २७ पुरूष र १८ महिला रहेका छन् । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर