२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

हुरेन्डेक नेपाल कालीकोटले मनायो २८औं वार्षिकोत्सव

draupadi film
कमल कुमाल
२०८१ साउन १६ गते १८:५१
हुरेन्डेक नेपाल कालीकोटले मनायो २८औं वार्षिकोत्सव

कालीकोट : मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले २८ओैं वार्षिकोत्सव मनाएको छ । हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको सभाध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता तथा हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बुढा, पचालझरना गाउँपालिकाका पूर्वअध्यक्ष  खड्कराज सेजुवाल, प्रहरी प्रमुख अर्जुन केसी, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरुको  उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष शाहीले हुरेन्डेक नेपाल २०५३ सालमा स्थापना भइ कर्णाली प्रदेशको कालीकोट जिल्लामा दर्ता भएको एक गैरसरकारी संस्था रहेको बताए । हुरेन्डेकले आफ्नो स्थापनाकालदेखि नै स्थानीय स्तरमा सामाजिक विकास सहयोग र सहकार्य गर्दै आएको उनले बताए । कर्णाली प्रदेशमा काम गर्ने गैरसरकारी संस्थाहरुमध्ये आफूलाई पृथक परिचय गराउन सफल यस संस्थाले स्थापनादेखि नै विशेषगरी विपन्न, सीमान्तकृत, दलित समुदाय, द्वन्द्व प्रभावित तथा जोखिममा परेका समूह, महिला तथा बालबालिकाहरुको समृद्धिका लागि प्रकृतिमैत्री पूर्वाधारको निर्माण, शिक्षा, पानी, स्वास्थ्य र सरसफाइ, उद्यम, पर्यटन र सांस्कृतिक विकासका गतिविधि गरी समूहहरुलाई समान लाभहरु प्रदान गर्दै आएको उनले बताए ।

हुरेन्डेक नेपाल कालीकोटले विशेषगरी बालविवाह, जबरजस्ती विवाहजस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि निरन्तर लागिरहेको परियोजना संयोजक डम्बर बोहोराले बताए । उनले पहिलेको भन्दा पछिल्लो समय बालविवाहको दर घट्दो क्रममा रहेको र यसलाई अझै न्यूनीकरण गर्नका लागि हुरेन्डेक नेपाल निरन्तर लागिरहने बताए । साथै उनले विभिन्न साझेदार संस्था तथा स्थानीय सरकारको सहयोग र समन्वयमा रास्कोट नगरपालिका वडा नम्बर ४ र ९ लाई समेत बालविवाह मुक्त वडा घोषण गर्न सफल भएको बताए ।

कार्यक्रममा पचालझरना गाउँपालिकाका पूर्वअध्यक्ष सेजुवालले प्राय:जसो बालविवाह हुनुको मुख्य कारण जनचेतनाको कमी र आर्थिक अवस्था कमजोर हुनु रहेको बताए । उनले संघसंस्था तथा दातृ निकाय एकजुट भएर लागे बालविवाह अन्त्य गर्न सकिने धारणा राखे । कार्यक्रममा बालविवाह गर्नु हुँदैन,बाल विवाह नगरौं र अरुलाई पनि गर्न नदिऔं भन्ने नारा लगाएर देउडा प्रर्दशन गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise