२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राजकुमार शर्माले अझै दिएनन् स्पष्टीकरणको जवाफ

shivam cement
प्रचण्ड खत्री
२०८२ माघ २७ गते १४:०४
Shares
राजकुमार शर्माले अझै दिएनन् स्पष्टीकरणको जवाफ

रुकुम पश्चिम : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्माले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सोधेको स्पष्टीकरणको जवाफ अहिलेसम्म दिएका छैनन् । निर्धारित समयसीमा नाघिसक्दा पनि शर्मा मौन रहेपछि पार्टीले उनीमाथिको कारबाही प्रक्रिया थप अघि बढाउने तयारी गरेको छ ।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्धता जनाएको आरोपपछि नेकपाले शर्मामाथि कारबाही प्रक्रिया सुरु गरेको हो । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले माघ २२ गते शर्मालाई लिखित स्पष्टीकरण माग्दै पत्र पठाएका थिए ।

उक्त पत्रमा २४ घण्टाभित्र आफ्नो धारणा पेश गर्न भनिएको भए पनि अहिलेसम्म कुनै जवाफ प्राप्त नभएको पार्टी स्रोतले जनाएको छ । पार्टी विधानअनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधि अर्को दलमा संलग्न हुनु गम्भीर अनुशासनहीनता मानिने भएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको नेकपाको भनाइ छ ।

पत्रमार्फत शर्मालाई पार्टी सदस्यता र संसदीय दलको सदस्यताबाट किन नहटाउने भन्ने विषयमा स्पष्टिकरण माग गरिएको छ । जवाफ नआएपछि पार्टीले उनलाई प्रदेशसभा सदस्य पदबाट समेत हटाउने तयारी गरेको बताइएको छ ।

राजकुमार शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर