२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

ADV
मध्यान्ह
२०८१ साउन १७ गते ११:०६
राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

नवलपरासी : बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ । हरेक दिन ठिक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रप्रति सम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । 

प्रदीपकुमार राई (ब्याकुल माइला)को रचना तथा संगीतकार अम्बर गुरुङको संगीततमा देशका चर्चित कलाकारले सामूहिक रूपमा स्वरांकन गरेको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली...’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउने गरेका छन् । 

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउँछन् । 

लुम्बिनी प्रदेशमा यस अगावै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर  सेवा प्रवाह गर्दै आएको छ  ।  

ADVADV

सम्बन्धित खबर

Advertise