
सर्लाही : सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सवइन्जिनियरको मृत्यु भएको छ ।
सर्लाही मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३२ वर्षीय प्रमोद यादवमाथि मलंगवा नगरपालिका–१० स्थित भाडाको कोठामा बेलुका करिब ८ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार छातीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मूल घर सिरहा भएका यादव श्रीमतीसँगै मलंगवा–१० मा भाडामा बस्दै आएका थिए । उनको शव हाल प्रादेशिक अस्पतालमै राखिएको छ ।