काठमाडौं : अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र उनीहरूका परिवारले लाभ पाउने देखिएको छ । आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । वैदेशिक रोजगारीमा रहेर घरमा रकम पठाउनेहरुले अघिल्लो महिनाको तुलनामा उच्च सटही दर पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलर खरिद मूल्य १ सय २४ रुपैंया ३८ पैसा तोकेको थियो । लामो समयसम्म एक डलरको वाणिज्य बैंकहरूको खरिद मूल्य १ सय २० रुपैयाँ कायम थियोे । अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ अवमूल्यन भएपछि स्थायी सटहीदर कायम गरिएको नेपाली रूपैयाँ पनि अवमूल्यन भएको हो ।
अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपालमा रेमिट्यान्स बढ्ने छ । विदेशी मुद्राको सञ्चितिमा रहेको दबाब आयात रोकिएमा आगामी महिनादेखि केही कम गर्न सहयोग पु¥याउन सक्ने आंकलन गरिएको छ ।
अमेरिकी डलर मात्र नभई ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहेका मुलुकका मुद्राको सटही दर पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिद दर ३३ रुपैंयाँ छ भने बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ ।
यसैगरी यूएई दिरामको खरिद दर ३३ रुपैयाँ ७० पैसा तथा बिक्री दर ३३ रुपैयाँ ८६ पैसा तोकिएको छ । मलेसियन रिंगेटको सटही दर भने तुलनात्मकरूपमा घटेको छ । शुक्रबार एक मलेसियन रिंगेटको खरिद दर २८ रुपैयाँ ८५ पैसा र बिक्री दर २९ रुपैयाँ रहेकोमा आइतबार खरिद दर २८ रुपैयाँ २० पैसा र बिक्री दर २८ रूपैयाँ ३४ पैसा कायम गरिएको छ ।
आइतबार कुवेती दिनारको खरिद दर ४ सय ४ रूपैयाँ १७ पैसा र बिक्री दर ४ सय ६ रूपैयाँ १३ पैसा कायम भएको छ । शुक्रबार कुवेती दिनारको खरिद दर ३ सय ९८ रुपैयाँ १६ पैसा तथा बिक्री दर ४ सय रुपैयाँ १३ पैसा थियोे । त्यस्तै आइतबार बहराइन दिनारको खरिद दर ३ सय २८ रूपैयाँ ३२ पैसा र बिक्री दर ३ सय २९ रूपैयाँ ९२ पैसा भने गत शुक्रबार उक्त मुद्राको खरिद दर ३ सय २० रुपैयाँ ९० पैसा र बिक्री दर ३ सय २२ रुपैयाँ ४९ पैसा थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies