२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल

shivam cement
अन्जान गुभाजु
२०८२ फागुन १६ गते २२:२१
Shares
साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल

रियाद : रियादस्थित नेपाली दूतावासले  मध्यपूर्व क्षेत्रमा विकसित समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरबमा कार्यरत तथा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दूतावासद्वारा जारी सूचनामा कुनै पनि अपुष्ट समाचार वा अफवाहको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचना तथा साउदी अरब सरकारका सुरक्षा निकायले जारी गर्ने निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ । विशेषगरी, नागरिक सुरक्षासम्बन्धी ‘सिभिल डिफेन्स’बाट मोबाइलमा प्राप्त हुने सन्देशहरूलाई ध्यानपूर्वक अध्ययन गरी आवश्यक सावधानी अपनाउन दूतावासले सचेत गराएको छ ।

सूचनामा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, सम्भव भएसम्म आफ्नै निवास वा सुरक्षित स्थानमा बस्न तथा नेपाल वा अन्य देशतर्फ यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित एयरलाइन्ससँग उडान तालिकाबारे पूर्व जानकारी लिन सुझाव दिइएको छ ।

यसैगरी, कुनै आकस्मिक वा आपतकालीन अवस्था उत्पन्न भएमा रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासले सबै नेपाली नागरिकलाई संयम, सजगता र जिम्मेवारीका साथ सुरक्षित रहन पुनः अपिल गरेको छ ।

No description available.

सम्बन्धित खबर