२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

छिमेकमा आक्रमण नगर्ने इरानी प्रतिबद्धताले खाडी क्षेत्रमा राहत

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन २४ गते ०६:१५
Shares
छिमेकमा आक्रमण नगर्ने इरानी प्रतिबद्धताले खाडी क्षेत्रमा राहत

दोहा, कतार : इरानको अन्तरिम सरकारका राष्ट्रपति मौसुद पेजेसहियनले इरानले आफ्ना छिमेकी देशहरूमा आक्रमण नगर्ने बताएपछि ठुलो संख्यामा नेपाली कामदार कार्यरत खाडी क्षेत्रमा राहत महसुस गरिएको छ ।

इरानको राजधानी तेहरानमा शुक्रबार सम्पन्न अन्तरिम सरकार परिषद्को बैठकपश्चात् जारी वक्तव्यमा छिमेकी देशहरूबाट इरानमाथि आक्रमण सुरु भएन भने इरानले अब ती देशहरूमाथि आक्रमण नगर्ने उल्लेख गरिएको छ ।

एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति मौसुदले छिमेकी राष्ट्रसँग माफीसमेत मागेका छन् । उनको भिडियो सन्देश जारी भएको केही मिनेटमै कतारको आकाशमा विस्फोटको आवाज सुनिएको बताइएको छ । जसलाई कतिपयले खाडी क्षेत्रका देशहरूमा आक्रमण अझै जारी रहेको संकेत गरेको टिप्पणी गरेका छन् ।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति पेजेस्कियानले इरानले प्रतिरोध गर्ने भन्दै ‘इरानी जनतालाई घुँडा टेकाउने दुश्मनको इच्छा पूरा नहुने’ बताएका छन् ।

सम्बन्धित खबर