२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

किताव जात्रा, २०८१ को छैटौं संस्करण शुरु

ADV
मध्यान्ह
२०८१ साउन १८ गते १३:०७
किताव जात्रा, २०८१ को छैटौं संस्करण शुरु

काठमाडौंः किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट शुरु भएको छ । आर्मी अफिर्सस क्लव सुन्धारामा भइरहेको यो दुई दिने जात्राको उद्घाटन उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले गरेका छन् ।

जात्रामा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ । जसमा जात्राको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग ‘सिर्जनामा सामाजिक चेतनाः हिजो र आज’ विषयक छलफल हुँदैछ । 

त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र कृचा शर्मासँग ‘सिनेमा मन्थनः नेपाली सिनेमाको सपना’ विषयमा छलफल हुने आयोजकको भनाइ छ । जात्रामा कविता साँझको पनि आयोजना हुँदैछ । जसमा विप्लप प्रतिकले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यस्तै ओपन माइक सेसनअन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्ने आयोजकले जनाएको छ । 

आयोजककाअनुसार जात्राको दोस्रो अर्थात् अन्तिम दिन ‘स्टाटिङ अप विथ स्टार्ट अप्स’ शिर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै नेपाली साहित्यमा समीक्षकको उपस्थिती, मुलधारबाट सधैँ उपेक्षामा कला, हाँस्य विधाः शक्ति र चुनौती, सञ्चारका सारथी लगायतका विषयमा छलफल हुनेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise