काठमाडौं : गायिका रचना रिमालको स्वरमा ‘चाहन्छु २’ बोलको म्युजिक भिडियो सार्वजनिाक भएको छ । यसअघि प्रताप दासको स्वरमा मेल भर्सन ‘चाहन्छु २’ सार्वजनिक भएको थियो । सिम्पल एड मिडिया र अकेशा इन्टरटेन्मेन्ट को प्रस्तुती रहेको ‘चाहन्छु २’ गीत मा सरोज पोख्रेलको शब्द संगीत रहेको छ भन्ने अमोस तामाङको एरेन्ज रहेको छ ।
रचना रिमालको स्वरमा यो गीत निकै सुमधुर सुनिएको छ । यसअघि ‘चाहन्छु’ को पहिलो पार्टमा पनि मेल भर्सनमा प्रताप दास र फिमेल भर्सनमा रचना रिमालकै स्वर रहेको थियो ।
सार्वजनिक भिडियोमा रबिन पोख्रेल र समारिका ढकालको अभिनय रहेको छ । साथै बाल कलाकार अकेशा पोख्रेलको पनि अभिनय रहेको छ । सर्पोटिङ रोलमा नबिन प्रोख्रेल र बिमल सापकोटा छन् ।
भिडियोका निर्देशक सत्यराज चौलागाईं हुन् । सत्यराजले यसअघि दर्जनौं भिडियो निर्देशन गरिसकेका छन् भने नेपाली फिल्म ‘अनुराग’ उनि निर्देशित पहिलो फिल्म हो । उनको अर्को फिल्म ‘बिच्छेद’को पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies