२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

मौसम सुधार हुन अझै तीन दिन लाग्ने

shivam cement
२०८२ फागुन २४ गते १६:३४
Shares
मौसम सुधार हुन अझै तीन दिन लाग्ने

काठमाडौँ : देशका विभिन्न क्षेत्रमा मंगलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । 

मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए । हाल देशको वायुमण्डलमा उच्च चापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् लामिछानेले भने । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।

सम्बन्धित खबर