२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’को लोकार्पण

ADV
मध्यान्ह
२०८१ साउन १८ गते २१:०३
राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’को लोकार्पण

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गरेका छन् । 

उक्त पत्रिका प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको हो । बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति ‘पानीपतिया’का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले ‘पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर’कार्यपत्र प्रस्तुत गरेका थिए । 

कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित ’पानिपतिया’ ले ‘गोर्खा सैनिक’ले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका छन् ।  युगअनुसार उत्पादन हुने संस्कृतिले समाजलाई कस्तो असर पार्छ । त्यसबारे गम्भीर हुनुपर्ने बताउँदै राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’ प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको बताएका थिए । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाहरूको संरक्षण गर्ने दायित्व प्रज्ञा–प्रतिष्ठानको भएकाले राई भाषाहरूको साझा पत्रिकाको रूपमा ‘खुवालुङ’ प्रकाशित गरिएको हो । प्रतिष्ठानले सबै भाषा र साहित्यको खोज अनुसन्धान गर्दै जाने बताएका थिए । 

उनले काङमाङ नरेश राईद्वारा रचिएको ‘पानीपतिया’ले गोर्खा सैनिकले झेल्नुपरेको असमान सांस्कृतिक पीडालाई व्यक्त गरिएको बारे बहस हुनु सान्दर्भिक रहेको बताएका थिए । 

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले ‘खुवालुङ’ राई जातिहरूको साझा पत्रिका हो । 

यसले राईहरूको संस्कृति र साहित्य लगायतका विषयलाई उजागर गर्दै जाने बताएका थिए । मुकारुङले काङमाङ नरेश राईद्वारा लिखित ‘पानीपतिया’ले गोर्खा सैनिक भर्तीमा गएकाहरूले भोग्नुपरेका कतिपय विभेदको चित्रण गरेको बताएका थिए । 

कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले साहित्यकार काङमाङ नरेश राईको निबन्धनात्मक कृति ‘पानीपतिया’ले गोर्खा भर्तीमा गएका नेपालीहरूले भोग्नुपरेको सांस्कृतिक विभेद र असमानता के कस्तो छ ?भन्ने बारे चित्रण गरेको बताइन् । 

‘पानीपतिया’ले सिंगो नेपाली समाजलाई पारेको असरबारे थप अध्ययनको आवश्यकता रहेको बताइन् । 

प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाकाअनुसार उक्त कार्यपत्र प्रस्तुत गर्दै डा. तारालाल श्रेष्ठले गोर्खा भर्तीको तस्बिर, गोर्खा भर्तीको सांस्कृतिक असर, सार्वजनिक वृत्तमा गोर्खा समुदाय र सहअस्तित्वको सत्वका बारेमा चर्चा गरेका थिए । 

कार्यपत्रमाथि नारायणी देवकोटा र गुरुङ सुशान्तले टिप्पणी गरेका थिए । सहभागीका तर्फबाट सन्जोग लाफा मगरले ‘पानीपतिया’बारे जिज्ञासा राखेका थिए । 

‘पानीपतिया’का सर्जक काङमाङ नरेश राईले प्रश्नैप्रश्नहरूबिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश हुँदै आएको इतिहास छ । यस विषयमा इतिहासकार र प्राध्यापक डाक्टरहरूले कलम चलाउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रमको सहजीकरण योगविद् तथा प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा.टिपी धमलाले गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise