२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

चार मुक्तक

himalayanlife
२०८१ साउन १९ गते ०६:३०
Shares
चार मुक्तक

–जयनारायण नेपाल

१. 
रहेछन् यी त चोरमाथि चण्डाल 
उद्देश्य देशलाई पार्ने कंगाल 
दुनियाँको आँखामा छारो हाली
नाटक गर्छन् बनाउन मण्डाल ।।

२. 
कति हेर्नु नौटंकी जात्रा 
हिरो होइनन् खल पात्र ।
नाटक गर्छन् कति–कति
अति हुँदा मिलेन मात्रा ।।

३. 
छाता र नाताको सम्बन्ध जस्तो 
भन्न नै नमिल्ने रहेछ कस्तो ?
अनुकूल भए प्रयोग हुने 
अरु बेला हुने हलुका सस्तो ।।

४. 
राजनीति भयो जुवाको खाल 
बिग्रँदै गयो यो देशको हाल 
सतिको सराफ परेर हो कि 
सर्वत्र देखिन्छ माकुरे जाल ।।

सम्बन्धित खबर