
दोहा कतारः कतारमा एक सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । रक्षा मन्त्रालयले आइतबार बिहान यहाँको जल क्षेत्रमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको शव भेटिएको बताएको छ ।
नियमित उडानमा रहेको हेलिकप्टरमा अचानक प्राविधिक समस्या आएपछि कतारको क्षेत्रीय समुद्रमा खसेको मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । दुर्घटनामा परी मृत्यु हुनेहरूमा कतारी सशस्त्र बलका क्याप्टेन मुबारक सालेम दावाई अल–मर्रीसहित सार्जेन्ट फहद हादी घानम अल–खायरिन कर्पोरल मोहम्मद माहेर मोहम्मद रहेका छन् । त्यस्तै कतार–टर्की संयुक्त बलका मेजर सिनान तास्तेकिन, टर्कीका नागरिक तथा संयुक्त बलका सहयोगीद्दय सुलेमान सेमरा काहारमान, इस्माइल अनस क्यान र कतार सशस्त्र बलका क्याप्टेन सइद नासेर सामेख रहेका छन् ।
कतारी जल सेना र तट रक्षक बलले दुर्घटना स्थल आसपासको समुद्री क्षेत्रमा सघन खोजी अभियान चलाइरहेका छन्। रक्षा मन्त्रालयले घटनामा ज्यान गुमाउनेहरूका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।