२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

नवनियुक्त प्रधानमन्त्रीलाई जमिअतको शुभकामना

himalayanlife
इसत्याक अहमद
२०८२ चैत १३ गते २०:०८
Shares
नवनियुक्त प्रधानमन्त्रीलाई जमिअतको शुभकामना

काठमाडौं : जमिअत उलमाए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकीले नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

जारी गरिएको शुभकामना सन्देशमा अध्यक्ष सिद्दिकीले प्रधानमन्त्री शाहको सक्षम, दूरदर्शी तथा प्रतिबद्ध नेतृत्वमा देशले सुशासन, तिव्र विकास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । 

उनले राष्ट्र र जनताको सर्वोपरि हितलाई केन्द्रमा राख्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, सामाजिक न्याय, समावेशिता तथा दिगो विकासका लक्ष्यहरूलाई प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा पनि व्यक्त गरेका छन् । 

सन्देशमा प्रधानमन्त्री शाहको कार्यकाल देशको समृद्धि, स्थिरता र सुशासनतर्फ अग्रसर गराउँदै नागरिकका आशा–आकांक्षाहरू पूरा गर्ने दिशामा उल्लेखनीय उपलब्धिमूलक हुने विश्वास समेत व्यक्त गरिएको छ ।

सम्बन्धित खबर