२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ हुने

Nada
२०८२ चैत १५ गते १६:२२
Shares
ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ हुने

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

ncell

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन् ।  उक्त रिटमाथि सोमबार बहस हुने भएको छ ।

रिटमा ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ ।

पूर्वप्रधानमन्त्रीओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

ताजा खबर

सम्बन्धित खबर