
काठमाडौं : नेपाली सैनिक वार कलेज, नगरकोटमा सर्वोच्च सैनिक तालिम हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबारबाट सुरु भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयबाट जारी विज्ञप्तिका अनुसार तालिमको शुभारम्भ बलाधिकृत रथी प्रदीपजंग केसीले आइतबार गरेका हुन् । यो तालिम सि. सं. १४ ब्याच हो ।
नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थितिमा तालिम सुरुवात गरिएको छ । यो तालिमले पेसागत क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने बताइएको छ ।
३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरुको सहभागिता रहेको यो तालि विसं २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको छ ।