
दोहा कतार : कतारको आकाशमा इरानी ड्रोन देखिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार आइतबार ड्रोनमार्फत आक्रमण गर्ने प्रयास गरिएको पनि ती प्रयासलाई सशस्त्र बलहरूले आकाशमै निष्क्रिय पारेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
"हाम्रा सशस्त्र बलहरू र भगवानको कृपाले आएका सबै ड्रोनहरू सफलतापूर्वक अवरोध गरी नष्ट गरेका छन्,” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति भएको विवरण हालसम्म सार्वजनिक गरिएको छैन अधिकारीहरूले देशको सुरक्षा अवस्था सामान्य रहेको र कतारका सबै नागरिकहरूलाई नआत्तिन आग्रह गरेका छन् । आवश्यक सुरक्षा सतर्कता भने कायम राख्न आग्रह गरिएको छ ।