२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मुस्लिम समुदायलक्षित शैक्षिक अभियान सुरु

Nada
इसत्याक अहमद
२०८२ चैत १६ गते २१:००
Shares
मुस्लिम समुदायलक्षित शैक्षिक अभियान सुरु

रौतहट : रौतहटमा मुस्लिम समुदायको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यसहित शैक्षिक अभियान सुरु गरिएको छ । हजमिनिया चोकस्थित जामे मस्जिदबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो । 

ncell

रौतहटका जमीयत अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय युवा, समाजसेवी, धर्मगुरु तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।  कार्यक्रममा सहभागीहरूले समुदायमा शिक्षाको पहुँच विस्तार गर्न एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अभियानअन्तर्गत यामुनामाई मस्जिद परिसरमा पनि थप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ । आयोजकका अनुसार मुस्लिम समुदायमा शिक्षाप्रति जनचेतना फैलाउने, बालबालिकालाई विद्यालयसम्म पु¥याउने र घरघरमा शिक्षा सम्बन्धी जानकारी पुर्‍याउने मुख्य लक्ष्य रहेको छ ।

अभियानलाई प्रभावकारी बनाउन मस्जिदहरूमा शुक्रबारको नमाजको समयमा शिक्षासम्बन्धी सन्देश प्रवाह गर्ने जिम्मेवारी धर्मगुरुहरूलाई दिइएको छ । यसले समुदायभित्र प्रत्यक्ष रूपमा जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्ने धर्मगुरु तथा समाजसेवीहरूले शिक्षा बिना समाजको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गरेका थिए । रौतहटभरिका दर्जनौँ मौलाना, धर्मगुरु, समाजसेवी तथा स्थानीय अगुवाहरूको सक्रिय सहभागिताले अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर