२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उद्योगमन्त्री भण्डारीद्वारा आयल निगम थानकोटको निरीक्षण 

ADV
मध्यान्ह
२०८१ साउन २० गते १८:०४
उद्योगमन्त्री भण्डारीद्वारा आयल निगम थानकोटको निरीक्षण 

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले कार्यालय व्यवस्थित गर्न, चुहावटमा शून्य सहनशीलता अपनाउन र कार्यालयमा शुसासन कायम गर्न निर्देशन दिए । 

यसअघि शनिबार उनले गुह्येश्वरीस्थित आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको अनुगमन गरी काम अघि बढाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । 

मन्त्री भण्डारीले अहिले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । जसअन्तर्गत शनिबार पूर्वमन्त्री र पूर्वसचिवहरुसँग अन्तरक्रिया सम्पन्न गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise