२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

तहफ्फुज–ए–खत्मे नुबुव्वतबारे जनचेतना कार्यक्रम गरिने

Nada
इसत्याक अहमद
२०८२ चैत २४ गते २०:५७
Shares
तहफ्फुज–ए–खत्मे नुबुव्वतबारे जनचेतना कार्यक्रम गरिने

काठमाडौं : काठमाडौं केन्द्रीय कार्यालय  बागबजारमा धार्मिक शिक्षा र तहफ्फुज–ए–खत्मे नुबुव्वतको विषयमा बैठक सम्पन्न भएको छ । जमिअत उलमाए नेपालको अध्यक्ष मुफति खालिद सिध्दिकीको अध्यक्षतामा भएको बैठकमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट मौलानाहरु र स्थानीय, मस्जिदहरुकस  इमाम तथा धार्मिक अगुवाहरूको सहभागिता रहेको थियो । 

ncell

सहभागीहरूले धार्मिक शिक्षाको महत्व, यसको आवश्यकता तथा समाजमा धार्मिक चेतना विस्तार गर्न सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । 

बैठकले सबै इमाम, तथा उलेमाहरूलाई जुमाको बयानमार्फत धार्मिक शिक्षाको महत्व, यसको आवश्यकता तथा तहफ्फुज–ए–खत्मे नुबुव्वत सम्बन्धी विषयमा समुदायलाई जानकारी गराउने निर्णय गरेको छ । साथै, प्रत्येक मस्जिदमा र मक्तब स्थापना गरी बालबालिका तथा युवापुस्तालाई आधारभूत धार्मिक शिक्षा प्रदान गर्न पहल गर्ने सहमति भएको छ ।

यसै अवसरमा आगामी २८ चैत गते शनिबार बिहान १० बजे केन्द्रीय कार्यालयमा तहफ्फुज–ए–खत्मे नुबुव्वत तथा धार्मिक शैक्षिक जनचेतना कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको उपाध्यक्ष मौलाना सफिकुरहमानले जानकारी दिए ।

उक्त कार्यक्रममा  सबै उलेमा, मौलाना,इमाम तथा मस्जिद प्रतिनिधिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको पेप्सीकोला स्थित मस्जिद इमाम सगीर आलम कासमीले बताए ।

सम्बन्धित खबर