२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रदेश सरकारप्रति विश्वास बढ्ने गरी काम गर्न मन्त्री थापाको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २० गते २०:३०
प्रदेश सरकारप्रति विश्वास बढ्ने गरी काम गर्न मन्त्री थापाको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनियुक्त शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा‘रोज’ले प्रदेश सरकारप्रति विश्वास बढ्ने गरी काम गर्न निर्देशन दिएका छन् । दोस्रो कार्यकाल मन्त्री बनेका थापाले आइतबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उक्त निर्देशन दिएका हुन् । 

नेपाली कांग्रेसको तर्फबाट प्युठानबाट भारी मतले निर्वाचित थापा लुम्बिनी प्रदेशको खानेपानी तथा सहरी विकास मन्त्रीको जिम्मेवारी पाएपछि आइतबार मन्त्रालय पुगेर जिम्मेवारी बहन गरेका छन् ।

स्वागत कार्यक्रममा मन्त्री थापाले जनताले सरकार भएको अनुभूति गर्ने गरी काम गर्न मन्त्रालयका सचिव लगायत कर्मचारीहरुलाई  निर्देशन दिए । लुम्बिनी प्रदेश सदरमुकाम राप्ती पुगेर मन्त्रालयको जिम्मेवारी सम्हालेका थापा यसअघि लुम्बिनी प्रदेशमा दुई महिना यातायात मन्त्री बनेका थिए । 

यातायात मन्त्री हुँदा उनले धेरै ठाउँमा यातायात कार्यालय राख्न तथा सवारी लाइसेन्स लिँदा दिने झन्झट अन्त्य गरी आफ्नो गाडी लगेर ट्रायल दिने व्यवस्था कार्यान्वयन गर्ने गरी लोकप्रिय काम गरेका थिए । दोस्रो पटक मन्त्री बनेका राणा प्युठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मन्त्री थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । देउवाकै पहलकदमीमा उनी दोस्रोपटक लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise