
ललितपुरः ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको नगद ७ लाख ८८ हजार रूपैयाँसहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भएका ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–११ घर भएका ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० घर भएका ३९ वर्षीय ईन्द्र विक र सर्लाही बागमती नगरपालिका–६ घर भएका ३२ वर्षीय दिनेश विक रहेका छन् ।
ललितपुर सानेपा सुन्दरीघाटमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।