२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हत्यामा संलग्न चार जना पक्राउ

Nada
२०८२ चैत २५ गते १४:०२
Shares
हत्यामा संलग्न चार जना पक्राउ

भोजपुरः षडानन्द नगरपालिका–१३ बस्ने २४ वर्षीय सम्मर बहादुर तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् । 

उनीहरूले कुटपिट गर्दा सम्मर बहादुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर