२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदा लाभदायिक : प्रमुख भट्टराई 

Nada
राजकुमार भुजेल
२०८१ साउन २० गते २१:१८
Shares
विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदा लाभदायिक : प्रमुख भट्टराई 

दोलखा : दोलखाका ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराईले विद्यार्थीलाई ट्राफिक  नियम सिकाउँदा लाभदायिक हुँदै आएको बताएका छन् ।

ncell

आइतबार सदरमुकाम चरिकोटस्थित राइजिङ स्कुलमा  एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई सानै उमेर तथा कक्षा देखि ट्राफिक नियम सम्बन्धी जीवन उपयोगी ज्ञान सिकाउँदा लाभदायिक हुने बताए ।

‘बालबालिकामा सबै भन्दा बढी बाटो काट्न समस्या हुने गरेको देखिन्छ’ प्रमुख भट्टराईले भने,‘सवारी साधनमा अपनाउनुपर्ने नियम विद्यार्थीलाई सिकाउँदा लाभदायिक भएको छ ।’

प्रमुख भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको सहयोग तथा विद्यालयहरूको समन्वयमा विगत ३ महिना अगाडिदेखि ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरिरहेका छन् ।

सदरमुकाम चरिकोट आसपासका विद्यालयमा सातदोबाटो मुख्य चोकबाट सयौंको संख्यामा विद्यार्थी आवात जावत गर्दा उनीहरूमा ट्राफिक सम्बन्धित नियम थाहा नहुँदा बीच बाटोबाटै बाटो काट्ने गरेकोमा अहिले उक्त नियमको प्रयोग गरेका उनको भनाइ छ ।

त्यस्तै आइतबार उक्त स्कुलमा १ सय जना भन्दा बढी विद्यार्थी प्रशिक्षणबाट लाभान्वित भएका छन् । उनीहरुलाई सवारी साधन रोकेपछि झर्ने, रोकेपछि चढ्ने, बाटो काट्दा जेब्रा क्रसिङ भएको ठाउँबाट मात्रै काट्ने लगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर