२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

वैशाख २ गतेबाट दोस्रो राष्ट्रिय आर्थिक गणना, १४ लाख आर्थिक प्रतिष्ठानमा पुग्दै गणक

Nada
सपना बोहरा
२०८२ चैत २५ गते २१:३२
Shares
वैशाख २ गतेबाट दोस्रो राष्ट्रिय आर्थिक गणना, १४ लाख आर्थिक प्रतिष्ठानमा पुग्दै गणक

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले देशभर आर्थिक गतिविधि गरेका व्यावसायिक प्रतिष्ठानहरूको आर्थिक गणना गर्ने भएको छ । औपचारिक र अनौपचारिक रूपमा सञ्चालनमा रहेका व्यापार, व्यवसाय, उद्योग तथा संघ संस्थाहरूको गणना गर्ने विभागले गरेको छ ।

ncell

दोस्रो आर्थिक गणना आगामी वैशाख २ गतेबाट सुरु हुनेछ । २०७५मा गरिएको गणनामा ९ लाख २३ हजार आर्थिक प्रतिष्ठानको तथ्यांक संकलन गरेको विभागले योपटक भने कम्तीमा १४ लाख प्रतिष्ठानमा गणना गर्ने जनाएको हो । आर्थिक गणना गर्नका लागि तीन हजार गणक र ५ सय २६ सुपरिवेक्षक फिल्डमा खटाउने विभागले जनाएको हो । 

विभागले देशभरका ८४ वटा कार्यालयमार्फत गणकहरूलाई तालिम लिइसकेका छन् भने वैशाख २ गतेदेखि तथ्यांक संकलनका लागि फिल्डमा खटिनेछन् । गणनाका क्रममा प्रतिष्ठानलाई मुख्यतः रोजगारीको अवस्था, सहभागिता, व्यावसायिक समस्या र सुझाव, लगानी र उत्पादनलगायत प्रश्न रहेका छन् । 

देशको वास्तविक आर्थिक चित्र प्रस्तुत गर्ने र राज्यलाई प्रमाणमा आधारित नीति निर्माणमा सघाउ पुग्ने तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुन्डिराज लामिछानेले बताए । लामिछानेले देशभर सञ्चालनमा रहेका प्रतिष्ठान÷व्यवसायहरूको आधारभूत विवरण संकलन, प्रशोधन, विष्लेषण र प्रकाशन गर्ने उद्देश्यले आर्थिक गणना सुरु गरिएको बताए । 

‘गणनाले राष्ट्रको अर्थतन्त्रमा आकार र निजी क्षेत्रले पुर्‍याएको योगदान कति हुनेछ ? भन्ने विषयमा तथ्यांक संकलन गर्नेछ । अहिले हामीले अर्थतन्त्रको आकार ६१ खर्वको बनाएका छौं,’ उनले भने ‘अर्थतन्त्रलाई कसरी चलायमान गर्ने भन्ने विषयमा सबै क्षेत्रको तथ्यांक आइसकेपछि राज्यले बनाउने नीति, योजना तथा बजारको अवस्थाबारे स्पष्टता आउँछ,’ उनले भने, ‘बजारमा के आवश्यकता छ ? के निर्यात भइरहेको छ ? के आयात भइरहेको छ ? भन्ने विषयमा नीति तथा योजना बनाउनका लागि यो आर्थिक गणनाले ठुलो आधार प्रदान गर्छ ।’

सम्बन्धित खबर