२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा शैक्षिक जागरण अभियान सुरु, घर–घर पुगेर बालबालिकाको शिक्षामा जोड

Nada
इसत्याक अहमद
२०८२ चैत २७ गते २०:३५
Shares
रौतहटमा शैक्षिक जागरण अभियान सुरु, घर–घर पुगेर बालबालिकाको शिक्षामा जोड

रौतहट : रौतहटमा व्यापक शैक्षिक जागरण अभियान सुरुवात गरिएको छ ।

ncell

जिल्लाको  इसनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरमा रहेको  मदरसा इस्लामीया इमदादुल उलुमको  आयोजनामा  क्षेत्रीय कमिटीद्वारा शैक्षिक जागरण अभियान औपचारिक रूपमा सुरु गरिएको हो ।

‘सबैका लागि शिक्षा, सबैको अधिकार’ भन्ने मूल नारालाई आत्मसात गर्दै मौलाना तैयबको अध्यक्षतामा सञ्चालन गरिएको उक्त अभियानले गाउँ–गाउँमा शिक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । अभियान अन्तर्गत टोलीले घर–घर पुगेर अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय तथा मदरसामा पठाउन आग्रह गरिएको छ ।

अभियानका क्रममा वक्ताहरूले शिक्षा नै बालबालिकाको उज्ज्वल भविष्य निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नदिन समाजका सबै पक्षको साझा जिम्मेवारी रहने बताएका थिए । उनीहरूले आर्थिक, सामाजिक वा जनचेतनाको कमीका कारण शिक्षाबाट टाढा रहेका बालबालिकालाई मुख्य प्रवाहमा ल्याउन यस्ता अभियान अत्यन्त आवश्यक रहेकोमा जोड दिएका थिए ।

जमिअत उलेमाए नेपालका प्रतिनिधिहरूले धार्मिक शिक्षासँगै आधुनिक शिक्षाको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै यसले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा जमिअत उलमाए महासचिव ,मुफ्ती शमीम कासमीले प्रत्येक घरका बालबालिकाले अनिवार्य रूपमा शिक्षा हासिल गर्नुपर्नेमा जोड दिँदै अभिभावकहरूलाई आफ्नो जिम्मेवारीप्रति जनचेतना रहन आग्रह गरे । 

यसैबीच, क्षेत्रीय कमिटीका साविक अध्यक्ष स्वर्गीय मौलाना नसरुद्दीनको निधनपछि सहमतिका आधारमा मौलाना कमरुद्दीनलाई अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ भने मौलाना अनिसुर्रहमानलाई उपाध्यक्ष पदमा चयन गरिएको जानकारी दिइएको छ ।

कार्यक्रम सम्पन्न पश्चात्  अन्तर्गत सदरमुकाम गौरमा बडी जामिया मस्जिदमा  केन्द्रीय कमिटीद्वारा जिल्ला शाखाको उद्घाटन गरिएको छ । मौलाना कारी साजिदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धार्मिक विधिअनुसार दुआ–प्रार्थना गरी शाखाको औपचारिक शुभारम्भ गरिएको थियो । 

उद्घाटन कार्यक्रममा मौलाना इजÞराईल (सचिव), मुफ्ती मुमताज, कारी शहाबुद्दीन, मौलाना दरख्शीद (केन्द्रीय सदस्य), कारी साजिद (संरक्षक), मौलाना रहमतुल्लाह मदनी (उपाध्यक्ष), मौलाना खैरुद्दीन मजाहिरी (महासचिव), मौलाना जव्वाद मजाहिरी (सहायक अध्यक्ष), मौलाना साबिर (कोषाध्यक्ष), मौलाना असलम जमाली कासमी (सचिव), मुफ्ती सद्दाम (महासचिव, क्षेत्र नं. २), मुफ्ती मिनहाज, कारी समीउल अख्तर, कारी निजामुद्दीन लगायत दर्जनौं मौलाना तथा स्थानीय युवा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

स्थानीयवासीहरूले यस्ता शैक्षिक अभियानले गाउँस्तरमा शिक्षाप्रति सकारात्मक सोच र जागरण अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । आयोजक पक्षले आगामी दिनमा पनि विभिन्न क्षेत्रहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको थियोे । 

सम्बन्धित खबर