२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

Nada
२०८२ चैत २८ गते १७:५०
Shares
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सर्लाहीः ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३–०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर