२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

युवाहरूमा बढ्दो वैचारिक चुनौतीबारे चिन्ता

Nada
इसत्याक अहमद
२०८२ चैत २८ गते २१:४२
Shares
युवाहरूमा बढ्दो वैचारिक चुनौतीबारे चिन्ता

काठमाडौं : युवाहरूमा शिक्षा तथा  वैचारिक विचलनप्रति चिन्ता व्यक्त गर्दै जमियत उलेमाए नेपालले शैक्षिक जनचेतना अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

ncell

काठमाडौंको बागबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित एक महत्वपूर्ण बैठकले विद्यालय, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत युवाहरू तथा शिक्षा बीचमै छोडेका युवाहरूमा  शैक्षिक दूरी बढ्दै गएको निष्कर्ष निकालेको छ । सहभागीहरूले यस्तो अवस्था बौद्धिक विचलन र ‘हर घर शिक्षा बिना’जस्ता जोखिमतर्फ उन्मुख गराउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

जमियत उलेमाए नेपालका अध्यक्ष मौलाना मुफ्ती खालिद सिद्धकीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा काठमाडौं उपत्यकाका उलेमा, मस्जिदका इमामहरू तथा विभिन्न सामाजिक र बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

बैठकमा आधुनिक शैक्षिक वातावरणमा हुर्किरहेका युवाहरू विभिन्न वैचारिक प्रभाव र चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै उनीहरूलाई सही मार्गदर्शन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

शिक्षा प्रणालीबाट बाहिरिएका युवाहरू पनि यस्ता नकारात्मक प्रभावबाट न रहेको सहभागीहरूको धारणा थियो । कार्यक्रमले युवाहरूको शैक्षिक तथा नैतिक विकासका लागि व्यवहारिक कार्ययोजना अघि सार्दै मस्जिदहरूमा सञ्चालन भइरहेका मक्तब प्रणालीलाई सुदृढ बनाउने, मस्जिदलाई प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने तथा आधुनिक आवश्यकताअनुसार बौद्धिक तथा शैक्षिक मार्गदर्शन प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, विद्यार्थीहरूको बिदा समयलाई सकारात्मक गतिविधि, प्रशिक्षण शिविर तथा शैक्षिक कार्यक्रममार्फत उपयोगी बनाउने योजना पनि अघि बढाइने बताइएको छ ।

सहभागीहरूले युवाहरूलाई सही दिशामा मार्गदर्शन गर्न उलेमा, इमाम, अभिभावक तथा समाजका सचेत व्यक्तिहरूको साझा जिम्मेवारी रहेकोमा जोड दिएका छन्। उनीहरूको मानसिक तथा वैचारिक जिज्ञासाहरूलाई सूझबुझका साथ समाधान गर्दै इस्लामका सन्तुलित शिक्षासँग जोडिराख्नुपर्नेमा पनि सहमति व्यक्त गरिएको छ ।

बैठकको अन्त्यमा शैक्षिक जनचेतना अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउँदै युवाहरूलाई बौद्धिक तथा नैतिक विचलनबाट जोगाउने लक्ष्य पुनः दोहो¥याइएको छ ।

कार्यक्रमका उपाध्यक्ष मौलाना मोहम्मद सफिकुर रहमानले समापन गर्दै यस अभियानलाई सफल बनाउन अल्लाहसँग प्रार्थना गरेका थिए ।

सम्बन्धित खबर