२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

देउवा पक्षलाई सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

Nada
२०८३ वैशाख १ गते १५:१३
Shares
देउवा पक्षलाई सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् । शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

ncell

मंगलवार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरुमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालार्य आ आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए । सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाइ थियो ।  

ताजा खबर

सम्बन्धित खबर