२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

माल्दिभ्सविरुद्ध नेपाल विजयी, सेमिफाइनलमा नेपाल र इरान भिड्ने

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १६:२५
माल्दिभ्सविरुद्ध नेपाल विजयी, सेमिफाइनलमा नेपाल र इरान भिड्ने

काठमाडौं : नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको चौथो तथा लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेटमा माल्दिभ्सलाई २५-८ ले पराजित गर्‍यो । दोस्रो सेटमा नेपाल २५-१९ ले विजयी भयो । यस्तै तेस्रो सेटमा नेपालले २५-१८ को जित निकाल्यो ।

यस जितसँगै नेपाल ९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारत १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने इरान ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । श्रीलंका चौथो स्थानमा रहँदा माल्दिभ्स जितविहीन बनेको छ ।

यससँगै नेपालले सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise