२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बंगलादेश घटनाको पाठ

ADV
२०८१ साउन २२ गते ०६:४०
बंगलादेश घटनाको पाठ

दक्षिण एसियाली मुलुक बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिदै देश छोडेकी छन् । भारत हुँदै उनी बेलायत पुगेकी छन् । बंगलादेशमा १५ वर्ष शासन गरेकी हसिनाले पदबाट राजीनामा दिएर देश छोड्नुपर्ने परिस्थिति भने त्यहाँ चर्केको विद्यार्थी आन्दोलनका कारण सिर्जना भएको हो । बंगलादेशमा फ्रिडम फाइटरका सन्तानलाई सरकारी सेवामा दिइदै आएको आरक्षण कोटा अन्त्य गर्नुपर्ने माग राखेर विद्यार्थीहरुले आन्दोलन थालेका थिए । त्यो आन्दोलन चर्कदै जाँदा बंगलादेशका संस्थापक नेताकी छोरी रहेकी हसिनाले प्रधानमन्त्री पद त्याग्नु परेको छ । जबकी विद्यार्थीहरुले आन्दोलन थाल्दा प्रधानमन्त्री हसिनाको राजीनामा मागेका थिएनन् । पाकिस्तानबाट अलग भएर बंगलादेश बनाउने आन्दोलनमा सहभागीहरुका नाति पुस्ताले पाउन थालेको आरक्षण अन्त्य गर्नुपर्ने उनीहरुको माग थियो । 

विद्यार्थीहरुको माग स्वभाविक थियो । किनकि बंगलादेशलाई स्वतन्त्र देश बनाउने आन्दोलनमा लाग्ने र तिनका सन्तानले आरक्षणमा जागिर खाइसकेका थिए । जबकी नाती पुस्तालाई पनि कुल सरकारी सेवाको ३० प्रतिशत कायम राख्न थालिएपछि त्यसको विरोध भएको छ । जम्मा भएको यति हो । तर पुरा गर्न संभव माग राखेर चलेको प्रदर्शन बढ्दै जाँदा आन्दोलनकारीले प्रधानमन्त्री कार्यालय कब्जा गरे । देशकै संस्थापक नेताकी छोरीले देश छोडेर भाग्नुपरेको छ । आन्दोलनकारीले ठूलो सफलता पाएका छन् । यस्तो परिस्थिति स्वयं हसिनाकै कमजोरीहरुका कारण सिर्जना भएको हो । किनकि उनले लोकतान्त्रिक विधिलाई सम्मान गरेको देखिएन । एउटा जायज माग राखेर भएको आन्दोलनमा सहभागीहरुलाई आतंकवादी र देशद्रोही जस्ता सम्बोधन गरिन् । शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएर एकैदिन ९० जना बढीको ज्यान लिइन् । 

अर्थात् शेख हसिनाको नियत राम्रो देखिएन । विपक्षीविहीन चुनाव लडेर अनन्तःसम्म शासनको चाहना राखिन् । फ्रिडम फाइटरका सन्तानलाई आरक्षण दिएर भोटबंैक सुरक्षित गर्न चाहिन् । नतिजा भने ठीक उल्टो आएको छ । फ्रिडम फाइटरका सन्तानहरुले आरक्षण कोटा नपाउने निश्चित भयो, तिनै स्वतन्त्रता आन्दोलनका नायककै छोरीले अपमानपूर्वक देश छोड्नु परेको छ । यो परिस्थिति सिर्जना दुखद् हो । देशको प्रधानमन्त्रीले पद त्याग्नुपर्ने अरु विधि आउनु पथ्र्यो, त्यो विधि लोकतान्त्रिक हुनुपथ्र्यो । तर निरंकुश शासनको चाहना राख्दा शेख हसिना आज संसारभर पराजित शासक भएर चिनिएकी छन् । यो दृष्य र निर्णय संसारभरका शासकहरुका निम्ति पाठ पनि हो । नेपालकै शासकहरुले पनि बंगलादेश घटना सम्झन आवश्यक छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise