२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

Nada
२०८३ वैशाख १६ गते १४:४३
Shares
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौंः चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने तनहुँ घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ncell

काठमाडौं महानगरपालिका–३१ सचेतना मार्ग, काठमाडौं महानगरपालिका–५ कालोपुल र टोखा नगरपालिका–३ जागरण टोलस्थित घरहरूबाट विभिन्न मितिमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । 

साथै प्रहरीले उनको साथबाट ८ सय ७८ ग्राम तौलको सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहना, ३ सय १७ ग्राम तौलको चाँदी जस्तो देखिने विभिन्न गरगहना, विभिन्न दरका विदेशी मुद्राहरू लगायतका सरसामान समेत बरामद गरेको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

ताजा खबर

सम्बन्धित खबर