२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

हुम्लामा पनि डेंगुका बिरामी फेला

Nada
२०८३ वैशाख १७ गते १७:१४
Shares
हुम्लामा पनि डेंगुका बिरामी फेला

हुम्ला : जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगु सङ्क्रमित फेला परेका छन् । 

ncell

अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए ।

उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए। हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ । परीक्षणका क्रममा डेंगु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने प्रमुख चिकित्सक तिवारीले बताए । 

जिल्ला बाहिर ननिस्केका सुनारलाई हुम्लामै डेंगु देखिएको चिकित्सक तिवारीले उल्लेख गरे । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर