२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा हज यात्रुका लागि एकदिने तालिम सम्पन्न

Nada
इसत्याक अहमद
२०८३ वैशाख १७ गते १८:११
Shares
रौतहटमा हज यात्रुका लागि एकदिने तालिम सम्पन्न

रौतहट : रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाअन्तर्गत मलहिन्या चोकस्थित मदरसा मरियम बिन्ते इमरानमा हज यात्रामा जाने तीर्थयात्रीहरूका लागि एकदिने विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ ।

ncell

जमिअत उलमाए नेपालद्वारा आयोजित उक्त कार्यक्रममा जिल्लाबाट हज यात्रामा जाने हाजीहरूलाई आवश्यक धार्मिक विधि, नियम तथा यात्रा सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा मौलाना हारुन मदनीले प्रशिक्षण दिँदै हज यात्राको महत्व, प्रक्रिया तथा अनुशासनका विषयमा विस्तृत जानकारी गराए । उनले हज यात्रालाई सफल र व्यवस्थित बनाउन आवश्यक ज्ञान र पूर्वतयारीमा विशेष जोड दिए ।

मदरसाका सञ्चालक मौलाना एकारमको सहयोगमा सम्पन्न कार्यक्रम अब्दुल जब्बार इन्जिनियरको अध्यक्षतामा सञ्चालन भएको थियो। सहभागी हाजीहरूले तालिम उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा मौलाना मोहम्मद सफिकुर रहमान, मौलाना कारी हनिफ, मौलाना इज्राईल मजाहीरी, मौलाना खैरुदिन लगायत विभिन्न पदाधिकारी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यस्ता तालिम कार्यक्रमहरूले हज यात्रालाई अझ सहज, व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

सम्बन्धित खबर