२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

पेस्तोल तथा लागुऔषधसहित ४ जना पक्राउ

Nada
२०८३ वैशाख १८ गते १८:०६
Shares
पेस्तोल तथा लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेटसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर